बुटवल ।

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. ३ बाट केन्द्रीय सदस्य बालकृष्ण खाण प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारमा सिफारिस भएका छन् ।

खाणसँगै सुशील गुरूङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्री पनि उम्मेदवारमा सिफारिस भएका छन् ।

केन्द्रीय सदस्य खाणमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलिरहेको छ । उनी अदालतबाट ३० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । मुद्दा भने अद्यावधिक रूपमा टुंगिन बाँकी छ ।

समानुपातिकतर्फ जन्नतुन निशा धुनिया, पुष्पा थरूनी र माधवी शर्मा सिफारिस भएका छन् ।

राष्ट्रिय सभातर्फ सोमनाथ शर्मा, मीननाथ शर्मा, भीमप्रसाद न्यौपाने र मोहन सरदार सिफारिस भएका छन् ।