काठमाडौँ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी अधिकांश क्षेत्रमा मौसम सामान्य रूपमा सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रहने र अन्य प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति देशभरको मौसम मुख्यतया सफा रहनेछ ।