राहुकाल

बिहान ९ बजेर १८ मिनेटदेखि १० बजेर ३६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभकार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त

बिहान ५ बजेर ४ मिनेटदेखि ५ बजेर ५२ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

दैनिक राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

समाजमा गुमेको साख फिर्ता हुने तथा आफ्नो प्रभाव बढाउन सकिनेछ । समयको सही सदुपयोग गर्दा भाग्य वृद्धि हुनेछ । दिगो फाइदा हुने काम सुरु गर्न अनुकूल छ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग पाइनेछ । छोटो तथा उपलब्धिमूलक यात्रा हुने सम्भावना छ । खानपान र मनोरञ्जनमा समय बित्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

व्यापारिक वृद्धि हुने र आम्दानीमा वृद्धि देखिनेछ । खाद्यान्न, बिलासी सामान तथा निर्माण सामग्रीको व्यापारमा फाइदा हुनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजनको अवसर मिल्नेछ । गाएन तथा कलाकारितामा समय लगानी गर्नेले नाम र दुवै दाम कमाउन सक्नेछन् । साँझपख खेलकुद क्षेत्रमा कार्यरतका लागि समय अनुकूल हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

अवसरको सही प्रयोग गर्दै उपलब्धिमूलक काम सम्पन्न गर्न सकिनेछ । उद्योग तथा व्यापारमा लगानी बढ्दै मनग्गे धन आर्जन हुनेछ । राजनीतिमा सक्रियलाई पद तथा सम्मान प्राप्त हुने योग छ । पढाइ–लेखाइमा मन जानेछ र अध्ययनकै सिलसिलामा यात्रा हुन सक्छ । प्रेम सम्बन्धमा नजिकता बढ्नेछ । खेल क्षेत्रमा संलग्नका लागि समय शुभ छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । काम गर्दा सावधानी नअपनाउँदा काम बिग्रने वा जरिवाना हुने सम्भावना छ । तर, लामो दूरीको विदेश यात्रा सम्भव छ । विदेशमा बसोबास वा त्यहाँको व्यापार व्यवसाय फस्टाउनेछ । साँझतिर मनोरञ्जन र यात्रा हुने देखिन्छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

माया गर्ने व्यक्तिसँग समय बित्दा मन प्रसन्न हुनेछ । पारिवारिक आवश्यकताहरू पूरा गर्न सकिनेछ । व्यापारमा वृद्धि हुनेछ । साथीभाइसँग भेटघाट तथा मिष्ठान्न भोजनको अवसर मिल्नेछ । पैतृक सम्पत्तिको सदुपयोग गरी आम्दानी बढाउन सकिनेछ । अध्ययन वा कामको सम्बन्धमा लामो यात्रा हुन सक्छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

व्यापार तथा उद्योगमा लगानीबाट राम्रो फाइदा हुनेछ । विवादित विषयहरू समाधान हुनेछन् । सामाजिक क्षेत्रमा सक्रियता बढ्ने र सम्मान प्राप्त हुने छ । अध्ययनमा प्रगति हुनेछ भने प्रेम सम्बन्धमा सामिप्य बढ्नेछ । खेलाडी, पत्रकार तथा खेलकुद क्षेत्रका व्यक्तिका लागि समय शुभ छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

व्यावसायिक कारणले लामो दूरीको यात्रा हुनेछ । पर्यटन तथा यात्रा व्यवसाय फस्टाउनेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई राम्रो परिणाम प्राप्त हुनेछ । प्रेम सम्बन्धका लागि समय अनुकूल छ । सानो प्रयत्नले पनि राम्रो सफलता हात पर्नेछ । मनोरञ्जन र खानपानमा समय व्यतित हुनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

काममा अवरोध आउने तथा समयमा नसकिने सम्भावना छ । मानसिक तनाव बढ्न सक्छ । पढाइ–लेखाइमा अवरोध आउन सक्छ । प्रेम सम्बन्धमा मतभेदका कारण दूरी आउनेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्या हुन सक्छ । विधि र कानुनसम्मत काम गर्नुहोला, दण्ड वा जरिवानाको योग छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

माया तथा दाम्पत्य जीवन सहज रहनेछ । आर्थिक स्थिति मजबुत बन्नेछ । व्यापारमा लगानी बढाएर मनग्गे आम्दानी गर्न सकिनेछ । लामो दूरीको रमाइलो यात्रा सम्भावित छ । पढाइमा प्रगति हुनेछ । बिलासी सामान तथा भौतिक साधनको प्रयोगमार्फत अरूको ध्यान तान्न सकिनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

प्रतिस्पर्धामा प्रतिद्वन्द्वीलाई पछि पार्दै सफलता प्राप्त हुनेछ । निर्माण सामग्री, खाद्यान्न, पहिरन तथा गरगहनाको व्यापारमा वृद्धि हुनेछ । आफन्तसँगको सम्बन्ध अझ बलियो बन्नेछ । प्रेम सम्बन्धमा सकारात्मकता बढ्नेछ । ऋण, रोग र शत्रुबाट मुक्ति मिल्नेछ । अध्ययन वा कामकै कारण लामो यात्रा सम्भव छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

बौद्धिक तथा प्राविधिक क्षमताबाट आम्दानी बढ्नेछ । बिलासी तथा भौतिक सामग्री उपहारका रूपमा प्राप्त हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । प्रेम प्रस्ताव वा सामिप्य बढ्नेछ । सन्तान तथा आफन्तको सहयोगले काम सफल हुनेछ । शिक्षा तथा खेलकुद क्षेत्रमा राम्रो प्रगति हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

समय साधारण रहेकोले व्यापारमा लगानी नगर्नु राम्रो हुनेछ । आमा वा आफन्तसँग टाढिनु परे मन खिन्न हुन सक्छ । प्रेम सम्बन्धमा मनमुटावको सम्भावना छ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य समस्या बढ्न सक्छ । राजनीतिमा मध्यम प्रगति हुनेछ । कृषि तथा पशुपालनबाट आम्दानी हुने देखिन्छ । साँझतिर मनोरञ्जन र यात्रामा समय बित्नेछ ।

तपाईंको दिन शुभ रहोस् ।