कपिलवस्तु । १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८२ को आकर्षण १४ औं कपिलवस्तु डान्स आईडलको अन्तिम अडिसनबाट १५ जना सहभागी छनौट भएका छन् । कृषि, उद्योग, पर्यटन, तथा खेलकुदमा लगानी, युवाको हातमा सुनौली बिहानी भन्ने मुल नाराका साथ बाणगंगा वेलफेयर सोसाईटीको आयोजनमा मंसिर १८ गते देखि पौष १ गते सम्म संचालन हुने उक्त महोत्सवको आकर्षण १४ औं कपिलवस्तु डान्स आईडलको शनिवार सम्पन्न फाईनल अडिसनमा २९ जना मध्येबाट १५ जना स्टेज चढ्ने भएका छन्।

विभिन्न चरणका अडिसनहरुबाट यस क्षेत्रका वालवालिका तथा युवायुवतीहरुको प्रतिभा प्रस्फुटन गरि उनीहरुको क्षमता विकास गर्ने उद्देश्यले हामीले १६ औँ कपिलवस्तु महोत्सवको प्रमुख आकर्षणको रुपमा १४ औँ डान्स आईडियललाई सञ्चालन गर्न लागिएको र आवेदन दिएका मध्येबाट प्रतिस्पर्धा चलिरहेकोमा हामीले दिनानुदिन विशिष्टीकरण गर्दै प्रतिभा प्रस्फुटनलाई जोड दिई शनिवार सम्पन्न फाईनल अडिसनबाट जम्मा १५ जनालाई महोत्सवमा प्रतिस्पर्धाका लागि छनौट गरिएको डान्स आईडियल संयोजक पदम सेनले जानकारी दिए ।

१४ औँ कपिलवस्तु डान्स आईडियलको प्रथम पुरस्कार १ लाख ३१ हजार १ सय ३१ नगद र चाँदीको टोपी, द्धितीय हुनेलाई ८१ हजार १ सय ८१, तृतीय हुनेलाई ६१ हजार १ सय ६१ र सान्त्वना पुरस्कार ३१ हजार १ सय ३१ मेडल, प्रमाण पत्र र आकर्षक गिफ्ट प्रदान गर्ने योजना बनाएको बताए ।

आईडलको निर्णायक प्रमुख हरि रिजाल रहेका छन् । १६ औँ कपिलवस्तु महोत्सवको प्रमुख आकर्षणको रुपमा १४ औँ डान्स आईडियललाई सफलता पुर्वक सम्पन्न गर्नका लागि सम्पुर्णमा अनुरोध छ ।