काठमाडौँ ।

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियससम्म झर्ने देखिन्छ । आज अधिकतम तापक्रम भने २१ डिग्री सेल्सियससम्म रहने महाशाखाले जनाएको छ ।

डडेलधुरामा अधिकतम तापक्रम १५–१७ डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम ४–६ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

दिपायलको अधिकतम तापक्रम २४–२६ डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम ५–७ डिग्री सेल्सियसमा झर्ने अनुमान छ ।

धनगढीमा अधिकतम तापक्रम २७–२९ डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम ९–११ डिग्री सेल्सियस रहने महाशाखाले जनाएको छ ।