काठमाडौँ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबार घेर्ने मात्र आन्दोलनबाट देश विकास नहुने भन्दै युवालाई कार्यशैली सुधार्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– “अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको ? अहिलेको युवा पुस्ता सहित भावी पुस्ताहरूको भविष्य उज्ज्वल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरैभन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो ।”

मन्त्री पुनले बुढा नेताहरू लोभी–पापी र स्वार्थी समूहहरूले घेरिएकोले देशका संयन्त्रहरू निरन्तर कमजोर बनेको पनि उल्लेख गरेका छन् ।