काठमाडौँ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन हालसम्म निर्वाचन आयोगमा ६४ राजनीतिक पार्टीले दल दर्ता गराएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईका अनुसार सोमबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने पार्टीको संख्या ६४ पुगेको हो ।

नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रमुख राजनीतिक दलले दल दर्ता गराइसकेका छन् भने नेकपा एमालेले भने अझै दल दर्ता गराइसकेको छैन ।

अझै दल दर्ता गराउने समय आज र भोलि बाँकी छ ।

निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ ।

हेर्नुहोस्, ६४ दलको सूची :