७ मंसिर, काठमाडौं ।

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।

कार्यक्रममा पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रूपमा घोषणा गरे । उनी अभिभावकीय भूमिकामा रहने बताइएको छ ।

पार्टीमा १५१ जना केन्द्रिय सदस्य रहनेछन् । नेतृ दुर्गा सोबको नाममा पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

सो पार्टीको मार्गदर्शक सिद्धान्त प्रगतिशील समाजवाद रहेको छ र चुनाव चिन्ह आँखा राखिएको छ । पार्टीको नेतृत्व समावेशी र सामूहिक भावनाका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताए ।