काठमाडौँ ।

वाइसीएल नेपालले आज नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालयमा ‘जेनजीसँग नेकपा’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा हुने सो कार्यक्रम मध्याह्न १२ बजेबाट सुरु हुने जनाइएको छ ।

कार्यक्रममा प्रचण्डसँगै अन्य शीर्ष नेताहरूको पनि सहभागिता रहनेछ ।

जेनजीहरूले चाहेको नेपाल, उनीहरूको अपेक्षा र पार्टीको भूमिकाबारे कार्यक्रममा अन्तरक्रिया हुने बताइएको छ ।