काठमाडौँ ।

देशभर अहिले कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने बाँकी अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । अरू भूभागमा भने मौसम सफैँ रहने महाशाखाले जनाएको छ ।

राति पनि कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने उल्लेख गरिएको छ ।