राहुकाल
दिउँसो १ बजेर ८ मिनेटदेखि दिउँसो २ बजेर २९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त
बिहान ४ बजेर ४७ मिनेटदेखि बिहान ५ बजेर ३५ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । सबैले तपाईंको क्षमताको कदर गर्नेछन् । सवारी साधनको खरिद–बिक्रीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ–लेखाइमा सुधार देखिने भएकाले आफन्तहरू खुसी हुनेछन् । लामो समयदेखिको प्रेम सम्बन्ध विवाहमा परिणत हुने सम्भावना छ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
राजनीति तथा सामाजिक काममा जनताको साथ र समर्थन पाइने योग रहेको छ । शुभ माङ्गलिक सभामा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया–प्रेममा सामिप्यता बढ्नेछ र जीवनसाथीसँग सम्बन्ध सुमधुर हुनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा वृद्धि हुनेछ । सवारी साधन तथा अटो पार्ट्सको खरिद–बिक्रीबाट मनग्गे आम्दानी हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । लामो समयदेखि भेट नभएका मित्र वा आफन्तसँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण सामग्रीको व्यापारबाट धनलाभ हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागि समय शुभ छ । जीवनसाथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । बैंक, वित्तीय क्षेत्र वा शेयर बजारमा गरिएको लगानीबाट आम्दानी हुनेछ । अध्ययनका लागि यात्रा गर्ने योग पनि रहेको छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने पेसा वा व्यवसाय फस्टाउनेछ । समय अनुसार विचार सिर्जना गर्न सकिने भएकाले धेरैको मन जित्न सकिनेछ । आफन्तसँग मिलेर गर्ने व्यवसायमा प्रगति हुनेछ र आर्थिक अवस्था सुध्रिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि पनि समय अनुकूल छ । खानपान र मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
बन्द व्यापारबाट लाभ प्राप्त हुनेछ । असफल ठानेका काम सफल भई उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो फाइदा मिल्नेछ । साथीभाइ र छिमेकीको सहयोगमा नयाँ योजना बन्नेछ । समाज र समुदायको हितमा काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व बहन गर्दै फाइदा हुने काममा संलग्न हुने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय अनुकूल छ । माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन गर्ने अवसर जुर्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
स्वास्थ्य सामग्री तथा औषधीजन्य सामानको व्यापारमा वृद्धि हुनेछ । विदेशबाट आयातित वस्तुको कारोबारबाट लाभ पाइनेछ । लामो दुरीको विदेश यात्राको योग छ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने सम्भावना पनि छ । प्रेम सम्बन्ध सफल हुनेछ । अध्ययनमा मन जानेछ र प्रविधिको प्रयोगबाट नयाँ ज्ञान आर्जन गर्न सकिनेछ । ऋण, रोग तथा शत्रुबाट मुक्ति पाइनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
बन्द व्यापारमा पुनः लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेको रकम उठ्नेछ र मन प्रसन्न हुनेछ । पैतृक सम्पत्ति वा प्राकृतिक स्रोतको प्रयोगबाट धन आर्जन हुनेछ । रमाइलो जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयास गर्दा आउने समस्याहरू सहजै समाधान हुनेछन् । अग्रज तथा दाजुभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
समाजमा नेतृत्वदायी भूमिकामा काम गर्न सकिनेछ । मान–सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ काम सुरु गर्ने अवसर प्राप्त हुनेछ र नोकरीमा बढुवा हुने सम्भावना छ । व्यापार तथा शेयर बजारमा लगानी गर्ने समय अनुकूल छ । कृषि तथा पशुपालन व्यवसायमा समय व्यतीत हुनेछ । पढाइ–लेखाइमा मन जानेछ र अध्ययनका क्रममा प्रविधिको प्रयोग गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
भाग्य भावमा गोचर गर्ने चन्द्रमाको शुभ प्रभावले धार्मिक तथा शैक्षिक यात्राको सम्भावना छ । सानो प्रयत्नले पनि उपलब्धिमूलक काम हुनेछ । पूजा सामग्री, खाद्यान्न तथा सवारी साधनको व्यापारमा वृद्धि हुनेछ । राज्य वा सरकारी काम गर्नेहरूले आर्थिक लाभ पाउने समय हो । नयाँ काम पाउने, नोकरीमा बढुवा वा स्थानान्तरण हुने योग बलियो छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
आफन्त तथा दिदीबहिनीबाट सहयोग पाइनेछ । शुभचिन्तकको सल्लाहअनुसार अघि बढ्दा फाइदा हुनेछ । माया–प्रेममा नजिकिँदै आफ्ना भावना व्यक्त गर्न सकिनेछ । व्यावसायिक यात्राको तय हुनेछ । कर्मफल प्राप्त हुँदा मन प्रसन्न हुनेछ । नसोचेको धन तथा सम्पत्ति हात लाग्नेछ र चिट्ठा पाउने सम्भावना पनि बलियो छ । खानपान, भेटघाट र मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
व्यापार–व्यवसाय फस्टाउनेछ । नयाँ प्रकृतिका काम गरेर आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा राम्रो प्रदर्शनका कारण थप जिम्मेवारी प्राप्त हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय अनुकूल छ । इमान्दारिता र लगनशीलताले सफलता दिलाउनेछ । महँगा तथा विलासी वस्तुको प्रयोगले अरूको मन आफूतर्फ तान्न सकिनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई सबैसँग भेट हुने अवसर जुर्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
पुराना विवादहरू साम्य हुनेछन् । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । पढाइ–लेखाइमा प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट नतिजा हात पर्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ र पति–पत्नीबीच सहयोगात्मक वातावरण रहनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्ने शक्ति बढ्नेछ । व्यापार, शेयर बजार तथा उत्पादनमुखी व्यवसायबाट लाभ पाइनेछ ।

तपाईंको दिन शुभ रहोस् ।