काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।

बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले यस्तो दाबी गरेका हुन् ।

उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने गरेको बताउँदै एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा आउने विश्वास व्यक्त गरे ।

उनले नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरू समाहित भइसकेको बताए । उनले भने, ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।’

गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरूले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन् ।