राहुकाल

बिहान ११ बजेर ४७ मिनेटदेखि दिउँसो १ बजेर ८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोस् ।

ब्रह्ममुहूर्त

बिहान ४ बजेर ४६ मिनेटदेखि बिहान ५ बजेर ३४ मिनेटसम्म ब्रह्ममुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आमा तथा आफन्तसँग घरायसी कुरामा मतभेद हुन सक्नेछ । साथीभाइसँग पनि मनमुटाव सिर्जना हुने योग रहेको छ । समयमा काम नबन्ने भएकाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घरजग्गा कारोबार वा सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । समय मध्यम रहेको छ । प्रेममा अविश्वास बढ्ने सम्भावना छ । तर पनि कृषि तथा पशुपालनमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
मन मिल्ने साथीहरूसँग छोटो र रमाइलो यात्राको योजना बन्नेछ । प्रणय सम्बन्धमा सुधार हुनेछ । दाजुभाइको सहयोगले परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईंको पक्षमा आउनेछन् । बैंक तथा वित्तीय क्षेत्रमा लगानी बढाएर आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । प्रविधिको प्रयोगले काम र अध्ययन दुवै सहज हुनेछन् ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
खोज तथा अनुसन्धानमा खर्चिएको समयबाट सकारात्मक नतिजा प्राप्त हुनेछ । पछिसम्म आम्दानी दिने व्यवसायमा लगानी गर्न सकिनेछ । शुभ तथा माङ्गलिक कार्यक्रममा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । संगीत तथा सांस्कृतिक यात्राको सम्भावना पनि रहेको छ । अध्ययन वा कामका सिलसिलामा लामो यात्राको योग छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
सबैको सहयोग पाइने भएकाले काम गर्न सहज हुनेछ । सामाजिक कार्यमा दिन बित्नेछ र मन प्रसन्न रहनेछ । व्यापार–व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माया–प्रेममा नजिकपन बढ्नेछ । परिवार तथा आत्मीय मित्रहरूसँग रमाइलो यात्रा हुने योग छ । भौतिक सम्पत्ति तथा सवारीसाधन प्राप्तिको सम्भावना छ । राजनीति र धार्मिक क्षेत्रमा सक्रियहरूको लागि समय उत्तम रहनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
काम गर्दा विशेष सावधानी अपनाउनुहोस्, दण्ड वा जरिवानाको सम्भावना छ । स्वास्थ्यमा समस्या आउन सक्छ । पढाइ–लेखाइमा ध्यान नदिँदा पछाडि पर्न सकिनेछ । लामो दुरीको यात्राको योग छ । विदेशी वस्तुको व्यापार फस्टाउनेछ । विदेशमा श्रम गर्नेका लागि दिन फलदायी रहनेछ । खानपान र भेटघाटमा समय बित्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
रोकिएका काम बन्नेछन् र उत्साह बढ्नेछ । व्यापारबाट राम्रो लाभ प्राप्त हुनेछ । पढाइ र प्रतिस्पर्धामा सफलता मिल्नेछ । आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ । ईर्ष्या गर्नेहरू आफैं किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखी अघि बढ्नुहोस् । पैतृक सम्पत्तिको प्रयोगबाट आम्दानी बढ्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
पैतृक सम्पत्तिको सदुपयोग गरी आर्थिक सम्पन्नता प्राप्त हुनेछ । लक्ष्य प्राप्तिका लागि चालिएका कदमहरू सकारात्मक दिशामा अघि बढ्नेछन् । अध्ययन र काम समयमा सकाउन सकिनेछ । प्रेममा नजिकपना बढ्ने समय छ । छोटो दुरीको धार्मिक यात्राको योग छ । धार्मिक सामग्री, खाद्यान्न, गहना तथा यात्रासँग सम्बन्धित व्यापारमा वृद्धि हुनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
कल्याणकारी र प्रशंसनीय कार्य गरी चर्चामा आउन सकिनेछ । भाग्य र समयले साथ दिने भएकाले सानो प्रयत्नले ठूलो सफलता प्राप्त हुनेछ । धर्म तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ र मन्दिर वा धार्मिक स्थलको भ्रमण हुने सम्भावना छ । दाजुभाइ र जीवनसाथीसँग सम्बन्ध सुदृढ हुनेछ । लेखन र कलाको माध्यमबाट विचार प्रस्तुत गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
हल्ला र अफवाहको पछि लाग्दा समस्या आउनेछ । पुरानो रोगले सताउन सक्छ, स्वास्थ्यमा ध्यान दिनुहोस् । अनावश्यक यात्रा र खर्च बढ्नेछ । अरूकै काममा समय खर्चिनुपर्ने हुँदा आफ्ना काम थाती रहने सम्भावना छ । सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । प्रेममा अविश्वास बढ्ने सम्भावना छ । खानपान र भेटघाटमा समय बित्नेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
सुख–दुःखमा साथ दिने व्यक्ति भेटिनेछन् । परिवारजनको सहयोगले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको सम्बन्ध मजबुत हुनेछ । दाम्पत्य सुखमा वृद्धि हुनेछ । सहयोग र उपहार पाइने सम्भावना छ । रमाइलो व्यापारिक यात्राको अवसर मिल्नेछ । व्यापार, उद्योग तथा शेयर बजारमा लगानीबाट राम्रो आम्दानी हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
प्रतिस्पर्धामा अग्रस्थान प्राप्त हुनेछ । बिछोड भएका आफन्तसँग भेट हुने सम्भावना छ । व्यापार–व्यवसाय फस्टाउनेछ र आयआर्जनका स्रोतहरू बढ्नेछन् । प्रेममा नजिकपना बढ्नेछ । पुराना ऋण र रोगबाट मुक्त हुने समय छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ । छोटो धार्मिक तथा लामो शैक्षिक यात्राको योग छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
मेहनतले प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सन्तानको प्रगति देख्दा मन प्रसन्न रहनेछ । माया–प्रेममा नजिकपना बढ्नेछ र जीवनसाथीको सहयोग पाइनेछ । समयमै काम सम्पन्न हुनेछ । शुभ तथा माङ्गलिक कार्यक्रममा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । संस्कार र संस्कृतिको जगेर्नामा समय बित्नेछ ।

तपाईंको दिन शुभ रहोस्