कपिलवस्तु ।

कपिलवस्तु, मायादेबी गाउँपालिका-१ पकडीस्थित घरबाट बेपत्ता भएकी बालिका मान्सा ओझाको शव सोमबार बिहान मर्थी खोलामा फेला परेको छ ।

अमित कुमार ओझाको २ वर्षिया छोरी मान्सा ओझा कार्तिक २२ गते बिहान १० बजेदेखि हराएकी थिइन् ।

बालिकाको शव घरदेखि करिब ३ किलोमिटर दक्षिणमा, मायादेबी गाउँपालिका १ र सुद्धोधन गाउँपालिका ६ को सिमामा पर्ने मर्थी खोलामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले घटनास्थलको जानकारी दिएका छन् ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।