राहुकाल र ब्रह्म मुहूर्त

राहुकाल : बिहान ०७ बजेर ४३ मिनेटदेखि बिहान ०९ बजेर ०४ मिनेटसम्म राहुकाल रहनेछ । राहुकालमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त : बिहान ०४ बजेर ४५ मिनेटदेखि बिहान ०५ बजेर ३३ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
अर्थ उपार्जनका विभिन्न स्रोत जुट्नेछन्, जसले दिगो आम्दानी हुने व्यवसायमा लगानी बढाउन सहयोग पुर्‍याउनेछ । परिवारसँग मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । तपाईंका कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुनेछ । व्यापार तथा सेयर बजारमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । विवादित विषयहरूको नतिजा तपाईंको पक्षमा आउने भएकाले मन प्रसन्न रहनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने राम्रो वातावरण बन्नेछ । समयमा कामहरू सम्पन्न हुनेछन् । अरूको काम गरेर पनि नाम र दाम दुवै कमाउन सकिनेछ । अध्ययन र अध्यापनमा थोरै समय दिए पनि सकारात्मक नतिजा प्राप्त हुनेछ । तपाईंको व्यक्तित्वले सबैलाई आकर्षित पार्नेछ । प्रेम सम्बन्धमा निकटता बढ्नेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
व्यवसायमा लगानी गर्दा तत्काल फाइदा नदेखिए पनि भविष्यका लागि राम्रो रहनेछ । आर्थिक अवस्था कमजोर हुनसक्छ र नगद अभावको समस्या आउन सक्छ । राजनीति तथा सामाजिक कार्यमा संलग्न हुँदा पनि आलोचना सहनुपर्ने सम्भावना छ । परिवारमा मनमुटाव बढ्न सक्छ । प्रविधिको प्रयोग गर्दा सावधानी अपनाउनुहोला ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
दैनिक खर्च बढ्नेछ । आर्थिक व्यवस्थापनमा असावधानीले दिन प्रतिकूल बन्नेछ । आफन्त वा अपरिचितको विश्वासमा धोका पाइने सम्भावना छ । स्वास्थ्य समस्या देखिन सक्छ र उपचार खर्च बढ्नेछ । तर विदेशी व्यापार वा संस्थामा कार्यरतका लागि समय लाभदायक रहनेछ । औषधि तथा उपभोग्य वस्तुको व्यापारबाट लाभ हुनेछ । अध्ययन र कामका लागि छोटो यात्रा हुने सम्भावना छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
समय मध्यम रहनेछ, त्यसैले ठूलो लगानी गर्न हतार नगर्नुहोला । आफन्त वा दाजुभाइबाट सहयोग नपाउँदा असहज महसुस हुन सक्छ । विवाद, मुद्दा तथा शत्रुबाट मुक्ति पाउन समय लाग्नेछ । प्रेम सम्बन्धमा मनमुटाव बढ्न सक्छ । सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला । पढाइ लेखाइमा ध्यान केन्द्रित गर्न कठिनाइ आउन सक्छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसाय फस्टाउनेछ र व्यावसायिक यात्रा सफल हुनेछ । अध्ययनमा समय दिएर ज्ञान अभिवृद्धि गर्न सकिनेछ । साथीभाइहरूको सहयोग प्राप्त हुनेछ । प्रेम र मित्रता प्रगाढ हुनेछ । घरपरिवारमा खुसी छाउनेछ । सार्वजनिक पदमा रहेकाहरूका लागि समय अनुकूल हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
सामाजिक तथा परोपकारी काममा समय व्यतीत हुनेछ । सरकारी तहका काम समयमा सम्पन्न हुनेछन् । शिक्षा सम्बन्धी लामो यात्रा हुने सम्भावना छ । परिवारसँग धार्मिक यात्रामा निस्कन सकिनेछ । अध्ययन र अनुसन्धानमा मन केन्द्रित हुनेछ । योग, ध्यान र धर्मकर्मतर्फ रुचि बढ्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आफन्त तथा चेली-माइतीबीच मनमुटाव बढ्ने सम्भावना छ । व्यापारमा समय दिन नसक्दा घाटा हुन सक्छ । प्रेम सम्बन्धमा धोका पाइनेछ भने वैवाहिक जीवनमा उतारचढाव आउनेछ । स्वास्थ्य समस्या देखा पर्न सक्छ । पढाइमा ध्यान दिन नसक्दा पछाडि परिने चिन्ता हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
औद्योगिक, व्यापारिक तथा सेयर बजारमा लगानीबाट नाफा कमाउन सकिनेछ । शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तुको प्रयोगले आत्मसन्तुष्टि बढाउनेछ । परिवारजनको सहयोगले उपलब्धिमूलक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्धमा समय अनुकूल रहनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
विवाद तथा प्रतिस्पर्धामा सफलता मिल्नेछ । पुराना समस्या समाधान हुनेछन् । आर्थिक अवस्था सुदृढ बन्नेछ । पढाइ लेखाइमा उल्लेखनीय सफलता पाइनेछ । माया प्रेममा समझदारी बढ्नेछ र जीवनसाथीसँग रमाइलो यात्रा सम्भव हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
बौद्धिक क्षमताको प्रयोग गरी नयाँ अवसर पाउने समय आएको छ । मन परेको व्यक्तिबाट उपहार वा भेटघाटको सम्भावना छ । परिवार तथा सन्तानबाट सहयोग पाइनेछ । बैंक तथा वित्तीय कार्यबाट लाभ हुनेछ । सुखद समाचार सुन्न पाइनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
पति-पत्नीबीच सामान्य मनमुटाव हुने सम्भावना छ । पढाइमा ध्यान दिन नसक्दा पछाडि परिनेछ । राजनीति वा समाजसेवामा लागेकाहरूका लागि समय मध्यम रहनेछ । व्यापारमा नाफा कमाउन समय लाग्नेछ । तर कृषि तथा पशुपालनबाट राम्रो आम्दानी सम्भव हुनेछ ।

तपाईंको दिन शुभ रहोस् ।