काठमाडौँ । नेकपा एकीकृत समाजवादी छाडेकी नेत्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज भेटवार्ता गरेकी छिन्।गुण्डुमा उनीसहित किसान श्रेष्ठलगायतका नेताहरूले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्।

एमाले नेता महेश बस्नेतका अनुसार यही कात्तिक २४ गते दिउँसो ३ बजे राष्ट्रियसभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजनाको मिति तय भएको छ।

समाजवादीका अध्यक्ष माधवकुमार नेपालहरू माओवादी केन्द्रसहितका घटकहरूसँग एकतामा समाहित भएपछि झाँक्रीसहितका नेताहरू भने एकता प्रक्रियामा सामेल भएका थिएनन्।नेपालले भने उनीहरूलाई यसअघि नै कारबाही गरिसकेको जानकारी गराएका छन्।