काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए ।

बैठकमा नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच भएको एकता सहमति अनुमोदन गर्ने एजेन्डा रहेको छ । पछिल्लो सचिवालय बैठकले निर्णय गरेका एजेन्डा र ९ दलबीच भएको सहमति अनुमोदन गरेर बैठक सकिने जानकारी नेता गजुरेलले दिएका छन् ।

‘९ दलबीच भएको एकता सहमति र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । नेताहरूलाई बोल्ने अलग समय छुट्टाइएको छैन,’ उनले भने ।

नेता गजुरेलका अनुसार पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी गरिएको छ ।