काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज पनि जारी रहने भएको छ ।

राजधानीको मिराकल भेन्युमा बुधबारदेखि सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । राजनीतिक प्रतिवेदनमा नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट सिद्धान्तिक आधार बिना पार्टी एकता सम्भव नहुने बताएका छन् ।

बैठक कात्तिक १४ गतेसम्म चल्नेछ । बैठकले पार्टीको वैचारिक दृष्टिकोण तथा सैद्धान्तिक विषयमा निर्णय गर्नेछ । साथै, पुनर्गठनको कार्ययोजना, नेतृत्व हस्तान्तरण र पुस्तान्तरण सम्बन्धी विषयमा पनि निर्णय हुने बताइएको छ ।

बैठकमा जेनजेड प्रदर्शनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताविरुद्धका विभिन्न अभियान सञ्चालनसम्बन्धी विषयहरूमा छलफल हुने र आवश्यक कार्यक्रमहरू अनुमोदन गरिने महाशाखाले जनाएको छ ।