बाणगंगा । बाणगंगा नगरपालिकाका बजार क्षेत्र आज मंगलबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने भएका छन् ।बाणगंगाका बजार क्षेत्र मंगलबार बजार बन्द हुने गरेको भए पनि दशै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरि मंगलबार पनि खुला गरिएको थियो ।

आज मंगलबार पनि खुल्दै आएका बजार क्षेत्र पुर्ण रुपमा बन्द रहने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिए ।उनले उद्योग व्यवसायीलाई थप प्रवद्र्धन गर्न चाडपर्वमा संघले बजार खुलाउँदै आएको बताए ।