काठमाडौं, १ कात्तिक ।

राष्ट्रपति रामचन्द्र पौडेलले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि शीतलनिवासमा बोलाएका छन् ।

शीतलनिवास स्रोतका अनुसार राष्ट्रपति पौडेल र सुरक्षा निकायका प्रमुखहरूबीच सरकारको समेत सहभागितामा छलफल भइरहेको छ ।

‘सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल भइरहेको छ,’ स्रोतले जानकारी दिएको छ ।

तर, छलफलको विषयबस्तु भने सार्वजनिक गरिएको छैन ।