ब्रह्म मुहूर्त

बिहान ४ बजेर २९ मिनेटदेखि बिहान ५ बजेर १७ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने भएकाले चुनौतीहरू पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईंको जित हुनेछ । मन परेको व्यक्तिबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुने योग छ । खाद्यान्न, गरगहना तथा चाडपर्व लक्षित व्यापार व्यवसायबाट मनग्गे लाभ हुनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम सम्पादन गर्न सकिनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोस्, किनकि आलोचकहरू सक्रिय हुनेछन् । विरोधीहरूको सक्रियता बढ्ने भएकाले काम गर्दा सचेत रहनुहोस् । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबारमा पनि सावधानी आवश्यक हुनेछ । आहार–विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । तापनि कृषि तथा पशुपालन व्यवसायबाट लाभ उठाउन सकिनेछ । दैनिक उपभोग्य वस्तु तथा पूजा सामग्रीको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
दाजुभाइ तथा छिमेकीहरूसँग सम्बन्धमा सुधार आउनेछ । पराक्रम बढ्ने भएकाले जोसिलो रूपमा काम गर्ने प्रेरणा मिल्नेछ । उद्योगमा लगानी बढाएर अपेक्षित आम्दानी प्राप्त गर्न सकिनेछ । व्यापारको सिलसिलामा यात्रा हुने सम्भावना छ, जसमा बौद्धिक व्यक्तिहरूसँगको भेटघाटले मन प्रसन्न हुनेछ । दैनिक उपभोग्य सामग्री तथा पूजा सामग्रीको व्यापारमा उल्लेखनीय वृद्धिको सम्भावना छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ । स्रोत–साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहिएको काम सहजै सम्पादन हुनेछ । तपाईंको कुरा काट्नेहरूलाई जवाफ दिन सकिनेछ । परिवारसँग रमाइलो वातावरणमा समय बित्नेछ । लत्ताकपडा, उपभोग्य वस्तु, गहना तथा पूजा सामग्रीको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ । यात्रा तथा खानपानमा रमाइलो हुनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
नयाँ तथा रचनात्मक कामबाट आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । व्यापार तथा शेयर बजारबाट लाभ लिने सम्भावना छ । पुराना कामहरू सम्पादन भई थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा सक्रिय हुन चाहनेहरूका लागि समय अनुकूल रहनेछ । अध्ययनमा सफलता मिल्नेछ । प्रेम जीवनमा रमाउने चाहना पूरा हुने सम्भावना छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आम्दानीभन्दा खर्च बढी हुने भएकाले आर्थिक अवस्था प्रभावित हुन सक्छ । खानपानमा लापरबाही गर्दा स्वास्थ्यमा समस्या आउनेछ । नियम विपरीत कार्य गर्दा जरिवाना वा दण्डको सामना गर्नुपर्ला । व्यवहारमा सावधानी नअपनाउँदा प्रेम जीवनमा अविश्वास बढ्नेछ । यद्यपि लामो दूरीको विदेश यात्रा हुने तथा विदेशमा बस्नेहरूका लागि समय लाभदायक रहनेछ । पूजा सामग्री तथा उपभोग्य वस्तुको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्दा मनग्गे आम्दानी हुनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट पनि आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ । जीवनसाथीको सहयोगमा राम्रा काम गर्न सकिनेछ । इच्छाहरू पूरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगबाट आफ्ना विचार जनमानसमा फैलाउन सकिनेछ । पूजा सामग्री तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा लाभ मिल्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आफन्त तथा परिवारसँग रमाइलो यात्राको सम्भावना छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । साथीभाइ तथा इष्टमित्रको साथ मिल्नेछ । मान्यजनको सहयोगमा काम गर्दा सफलता मिल्नेछ । नयाँ काम प्रारम्भ गरी लाभ लिन सकिनेछ । रोजगारीको सिलसिलामा लामो दूरीको यात्रा हुनेछ । यात्रा, खानपान, पूजापाठ तथा मनोरञ्जनमा समय बित्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
व्यवसायसँग सम्बन्धित लामो दूरीको यात्रा हुनेछ । यात्रा तथा पर्यटन व्यवसाय फस्टाउनेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्धमा रमाउन चाहनेहरूका लागि अनुकूल समय रहेको छ । थोरै प्रयत्नले पनि राम्रो सफलता पाइनेछ । खोज तथा अनुसन्धानका क्षेत्रमा स्वतः स्फूर्त प्रगति हुनेछ । उपभोग्य वस्तु तथा पूजा सामग्रीको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि अपेक्षित आम्दानी नहुन सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला । प्रेम सम्बन्धमा दूरी बढ्ने सम्भावना छ । घर परिवार तथा दिदीबहिनीहरूसँग मनमुटाव बढ्न सक्छ । खानपान तथा मौसमको असरले स्वास्थ्यमा समस्या आउनेछ । पढाइमा समय दिए मात्र सफलता मिल्नेछ । यद्यपि धार्मिक सामग्रीको व्यापारमा वृद्धि हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
प्रेम सम्बन्धमा नजिक हुन सकिनेछ । मन मिल्ने साथी भेटिने सम्भावना छ । उपभोग्य तथा चाडपर्व लक्षित सामग्रीको व्यापारबाट नाफा कमाउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तु उपहारको रूपमा प्राप्त हुन सक्छ । परिवारसँग रमाइलो जमघटमा मिठो भोजन गर्ने अवसर मिल्नेछ । रोजगारी वा अध्ययनको सिलसिलामा लामो दूरीको यात्रा हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आट, साहस र हिम्मतले कामहरू सम्पादन हुनेछन् । पुराना ऋण तिर्न सकिनेछ । रोग निको हुने सम्भावना छ । मामा पक्षसँग बिग्रिएको सम्बन्ध सुध्रिनेछ । भविष्यमा आम्दानी दिने व्यवसाय सुरु गर्न सकिनेछ । अनलाइन व्यापार, पूजा सामग्री तथा उपभोग्य वस्तुको व्यापारबाट नाफा कमाउन सकिनेछ । प्रेम जीवन सुदृढ हुनेछ । अध्ययन वा काममा प्रविधिको प्रयोगबाट लाभ उठाउन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।