३० असोज, काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको बैठक केही ढिला गरी ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा प्रारम्भ भएको हो ।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रम जारी रहने एमालेले जनाएको छ ।

बुधबार सम्पन्न पहिलो दिनको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए । आज बाँकी सदस्यहरूले धारणा राख्ने कार्यक्रम तय गरिएको छ ।

आज करीब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ । यही आधारमा बैठक शुक्रबारसम्म सकिने भनिए पनि सबै सदस्यले बोल्न चाहेकाले बैठक लम्बिन सक्ने संकेत देखिएको एमाले नेताहरूले बताएका छन् ।