काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र त्यसपछि साँझ ६ बजे प्रधानमन्त्री कार्कीको सम्बोधन सार्वजनिक हुने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनपछि भदौ २७ गते कार्की मुलुकको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।