काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही दिनका लागि अनावश्यक फोन र सन्देश नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले लेखेका छन्, “अस्तिदेखि मोबाइल, मेसेन्जर र ह्वाट्सएपमा हजारौँ फोन र सन्देश आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सृजनशील टिम बनाउन व्यस्त छु । त्यसैले केही दिनका लागि अनावश्यक फोन नगर्न र सन्देश नपठाउन अनुरोध गर्दछु ।”

सोमबार मन्त्री नियुक्त भएका पुन मंगलबारदेखि नै कार्यकक्षभित्रै सुत्ने व्यवस्था मिलाएर काममा सक्रिय भएका छन् ।