काठमाडौँ ।
नवनियुक्त मन्त्रीहरूको शपथग्रहण सोमबार दिउँसो २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले शपथका लागि दिउँसो २ बजेको समय निर्धारण गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन् ।

तर, संगीता कौशल मिश्राको नियुक्तिबारे प्रश्न उठेपछि उनको आज शपथ हुने नहुने विषयमा अहिलेसम्म टुंगो नलागेको शीतल निवास स्रोतले जानकारी दिएको छ ।