काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास थालेकी छन् । उनले ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने घोषणा गरिसकेकी छिन् ।

यस क्रममा उनले तीनजना मन्त्री र मुख्यसचिवलाई बालुवाटारमा बोलाई छलफल गरेकी हुन् । बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, र गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी थिए ।

एक स्रोतका अनुसार , “प्रधानमन्त्री र मन्त्रीहरूबीच छलफल जारी छ । नयाँ मन्त्रीका लागि विभिन्न नाममा विचार भइरहेको छ । आजै नभए पनि भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छ ।”