काठमाडौं ।

महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् ।

बडालले आफ्नो राजीनामा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका छन् ।

हरेक सरकार गठनपछि, प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै राजीनामा दिने परिपाटी रहेको छ ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, महान्यायाधिवक्ताको सिफारिस गर्न सकेका छैनन् ।