काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दाेलनका मृतकलाई सहिद घाेषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ दिने निर्णय गरेकी छन्।

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्ने क्रममा जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र मृतक परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी संवाददाताहरूदाई दिएकी थिइन्।

आइतबार पदभार ग्रहण गर्ने क्रममा उनले यही निर्णयमा हस्ताक्षर गरेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिएका हुन्।उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ।घटनामा १ सय ३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।