काठमाडौँ ।

नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की आज पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार आज बिहान ११ बजे सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गर्नेछिन् ।

गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिने तयारीसहित पदभार ग्रहणको कार्यक्रम तय गरिएको हो ।

यसअघि शुक्रबारै शपथपछि पदभार ग्रहण गर्ने तयारी गरिएको थियो। तर, शपथग्रहणमा ढिलाइ भएपछि सो कार्यक्रम स्थगित गरिएको हो ।

प्रधानमन्त्री कार्की शनिबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आएकी छन् ।