कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कर्फ्यु आदेश जारी गरेको छ।Gen-Z द्वारा आह्वान गरिएको आन्दोलन समाप्त भएको घोषणा भएपनि केही अराजक समूहबाट तोडफोड, आगजनी र लुटपाटको प्रयास भइरहेका कारण आज राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागु गरिएको हो।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङद्वारा हस्ताक्षरित आदेशअनुसार २०८१ भदौ २५ गते राति ८:०० बजेदेखि २६ गते बिहान ६:०० बजेसम्म कपिलवस्तु जिल्लाको सम्पूर्ण क्षेत्रमा कर्फ्यु लागू हुनेछ।

प्रशासनले शान्ति सुरक्षा कायम राख्न सर्वसाधारणलाई कर्फ्यु अवधिभर आआफ्नो घरमै बस्न आग्रह गरेको छ।