काठमाडौं, २१ भदौ ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बैठक आफ्नै निवास बूढानीलकण्ठमा डाकेका हुन् । बैठक बिहान ९ बजेका लागि तय गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ । बैठकमा हालका राजनीतिक परिस्थितिसँगै पार्टीको आन्तरिक गतिविधि, नीति तथा रणनीतिबारे छलफल हुने अनुमान गरिएको छ ।