काठमाडौँ ।

सर्वोच्च अदालतले कानुनअनुसार इजाजत नलिएका सामाजिक सञ्जाल तथा विभिन्न ओटीटी एप्समार्फत विज्ञापनसहित प्रसारित हुने सामग्री रोक्न परमादेश जारी गरेको छ।

न्यायाधीश टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले बुधबार दायर भएका दुई रिटमाथि सुनुवाइ गर्दै निवेदकको मागअनुसार परमादेश जारी गरेको हो ।

२०७७ पुसमा अधिवक्ता वीपी गौतमले विदेशी विज्ञापनसहितका सामाजिक सञ्जाल प्लेटफर्महरूमा निर्वाध रूपमा भइरहेको प्रसारण रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

सो रिटमा युट्युबलगायत अनधिकृत ओभर-द-टप (ओटीटी) एप्स र इन्टरनेट ब्राउजरमार्फत भइरहेको अनधिकृत प्रसारण सेवामाथि रोक लगाउन आदेश माग गरिएको थियो ।