काठमाडौं, १८ भदौ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सकाएर आज साँझ स्वदेश फर्किँदै छन् । गत शनिबारदेखि चीन भ्रमणमा रहेका ओली आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, प्रधानमन्त्री ओली साँझ साढे ८ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

ओली शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चीन गएका थिए । सम्मेलनका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्वीपक्षीय भेटवार्ता गरे ।

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट भएपनि दुवै नेताबीच औपचारिक द्वीपक्षीय वार्ता भने भएको थिएन ।