कपिलवस्तु । कपिलवस्तु हाटबजार व्यवसायी समितिले निर्माण गरेको कृषि टहराको उद्घाटन गरिएको छ । शनिबार बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगा १ बैरियाको हाटबजार स्थलमा निर्माण गरिएको टहराको उद्घाटन गर्नुभएको हो ।

यस क्षेत्रमा रहेका कृषकहरुको उत्पादनलाई मध्यनजर गरेर बाणगंगा नगरपालिका कृषि शाखाको ८५ प्रतिशत र हाटबजार व्यवसायीको १५ प्रतिशत गरि जम्मा १ लाख ६० हजार लागतमा उक्त टहरा निर्माण गरिएको कपिलवस्तु हाटबजार व्यवसायी समितिका अध्यक्ष यमलाल बेल्वासेले बताउनुभयो । उक्त टहरामा कृषकहरुले आफुले उत्पादन गरेका समाग्रि ल्याएर निशुल्क रुपमा बेच्न पाउने उहाँले बताउनुभयो ।

त्यस्तै उद्घाटन पछि कार्यक्रममा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले कृषकहरुको उत्पादनलाई बजारिकरणका लागि सहयोग पुर्याउने उद्देश्यले टहरा निर्माणको लागि सहयोग गरेको बताउनुभयो । कृषकको लागि नगरले विभिन्न कार्यक्रम ल्याइरहेको भन्दै व्यवासायिक र आधुनिक कृषि तर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नगरका कृषि शाखा प्रमुख लेस शादुर केसीले निर्माण गरेको टहराले आफ्नो उब्जनीलाई बेच्न नपाएका कृषिकहरुलाई सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी., बाणगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मी केसी, कृषि अधिकृत धनिराम आचार्य समितिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । समितिका अध्यक्ष यमलाल बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा उपाधयक्ष को स्वागत तथा सचिव गणेश न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।