विजयनगर । राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले सामाजिक रुपान्तरणका निम्ति नेपाली चाड पर्वहरु निकै महत्वपूर्ण रहने बताउनु भयो । विजयनगर गाउँपालिकाद्धारा आयोजित हरितालिका (तिजको) अवसरमा आयोजित शुभकामना आद्रान प्रदान तथा तिज मिलन कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो । राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले पर्वहरुलाई नेपाली मौतिकता झल्कने पर्वको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो ।

गाउँपालिकाको सभाहल खडैचामा भव्य सभ्य रुपमा शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम शनिवार सम्पन्न भएको हो ।कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, अनेम संघकी केन्द्रीय सदस्य शारदा शर्मा, विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।