कपिलवस्तु । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित द बुद्ध ल्याण्ड युवा क्लबद्वारा आयोजित नकआउट नगर स्तरीय क्रिकेट प्रतियोगिता–२०८२ बाणगंगा नगरपालिका–५ स्थित खेलकुद मैदानमा सम्पन्न भएको छ।

समापन कार्यक्रममा प्रमुख अतिथि बाणगंगा नगरपालिका उपप्रमुख रिताकुमारी चौधरीले खेलकुदले युवामा शारीरिक तथा मानसिक सशक्तिकरण गर्दै राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

उक्त खेलमा सम्पन्न फाइनल खेलमा बाणगंगा वडा नं.६ प्रथम स्थान हासिल गरेको छ भने बाणगंगा वडा नं.८ दोस्रो स्थानमा पुगेको छ।क्लबका अध्यक्ष काशिराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले खेलकुदले युवालाई अनुशासित, आत्मविश्वासी र सक्षम बनाउन मद्दत गर्ने भएकाले क्लबले निरन्तर यस्ता गतिविधि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतियोगिता सम्पन्न गर्न विशेष सहयोग गर्ने युवा संघका जिल्ला अध्यक्ष तिलक गिरी र समाजसेवी कृष्ण कार्कीप्रति धन्यवाद व्यक्त गरिएको थियो। उक्त कार्यक्रम समापन गर्न सहयोग गर्ने प्रेम थायालाई विशेष धन्यवाद दिनुभयो ।साथै कार्यक्रमको सञ्चालन समाजसेवी मधु पाण्डेले गर्नुभएको थियो।