विजयनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) विजयनगर गाउँ कमिटीकाे तेस्राे पूर्ण बैठक सम्पन्न भएको छ ।एमालेकाे दाेस्राेे विधान महाधिवेशनकाे लागि आवश्यक मस्यौदा, सल्लाह, सुझावसहित गाउँपालिकाकाे सभाहल खडैचामा बैठक सम्पन्न भएको गााउँ कमिटीले जनाएको छ ।

बैठकमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज गिरधारीलाल न्याैपाने, प्रदेश कमिटी सदस्य गाेपाल बहादुर थापा, जिल्ला अध्यक्ष बाबुराम खनाल, सचिव चन्द्र बहादुर गहतराज, सदस्य लक्ष्मी कुमारी चाैधरी, दिपेन्द्र महरा लगायत विशेष उपस्थिति थियोे ।

यसैगरी आजकाे बैठकमा एमाले निकट विभिन्न जनवर्गीय संगठनका पदाधिकारीहरुकाे समेत सहभागीता रहेको गाउँकमिटीका अध्यक्ष थर्क बहादुर खन्गाहाले जानकारी दिए । गाउँ कमिटी सचिव गाेकर्ण प्रसाद सापकोटाकाे सञ्चालनमा बैठक सम्पन्न भएको थियोे ।