काठमाडौँ । जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ४० जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।महाशाखाले बुलेटिन सार्वजनिक गर्दै विभिन्न ४० जिल्ला भइ बहने खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन भनेको हो ।

महाशाखाका अनुसार आज डोटी डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ ।

त्यस्तै, इलाम, झापा, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, बागलुङ, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रोल्पा, सल्यान, रुकुम–पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको महाशाखाले जनाएको छ ।