कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका- १० हदौना गाउँलाई सुरक्षित राख्न यस बर्ष फेरी अस्थायी तटबन्ध निर्माण गरिएको छ ।

यस बर्ष ठुलो बाढी नआए पछि ठाउँ ठाउँमा कटान भए पछि बाणगंगा नदी अन्तर्गत कटान गरिएको क्षेत्रमा २ सय ७६ मिटर अस्थायी तटबन्ध निर्माण गरिएको हो । गत बर्ष पनि त्यही आसपास १ सय ७० मिटर अस्थायी तटबन्ध निर्माण गरिएको थियो । जनता तटबन्ध कार्यक्रम अन्तर्गत आरिसि प्रकुपाईन अस्थायी तटबन्ध निर्माण गरिएको प्रमुख शम्भु पण्डितले बताए ।

महाराजगंज नगरपालिका वडा नम्बर १० र पालिको सहयोगमा सो तटबन्ध निर्माण गरिएको उनले बताए । आरसिसी प्रकुपाई कार्यक्रम अन्तर्गत सहयोग गरिएको त्यहाँ बोरा राख्ने काम वडा र पालिकाको सहयोगमा भएको उनले बताए ।

अस्थायी तटबन्ध गरिएको अन्य केही स्थानमा पनि नदीले कटान गरेको वडाध्यक्ष शैलेन्द्र कुमार चौधरीले बताए । गत बर्ष आएको बाढीले २ घर समेत बगाएको थियो । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर १० अध्यक्ष शैलेन्द्र चौधरीले अस्थायी तटबन्धले केही समयका लागि बस्ती जोगाएको बताए ।

उनले स्थायी समाधान नगरिए हदौना गाउँलाई जोगाउन मुस्किल हुने बताए । हर्दौनाका रमेश बहादुर सिंहले अस्थायी तटबन्धले गाउँ केही समयका लागि सुरक्षित भएको बताए ।