बाणगंगा, कपिलवस्तु । सफा कपिलवस्तु अभियान अन्तर्गत बाणगंगा नगरपालिका वडा नं. ८ स्थित बोडगाउँमा ग्यालेक्सी युथ क्लबले शनिबार सरसफाई अभियान सम्पन्न गरेको छ । अभियानअन्तर्गत क्लबले सार्वजनिक स्थलहरूमा डस्टबिन वितरण गर्दै वातावरणीय सचेतना फैलाएको हो ।

उक्त कार्यक्रममा क्लबका अध्यक्ष अमृत गिरीले उत्साहपूर्वक सहभागीहरूले अभियानको सफलता सुनिश्चित गरेको उल्लेख गर्दै समाज रूपान्तरणमा यस्ता कार्य प्रभावकारी हुने बताए । उनले क्लबले निरन्तर रूपमा विभिन्न स्थानहरूमा सामाजिक कार्य गर्दै आएको जानकारी पनि दिए ।

कार्यक्रम स्थानीय समाजसेवी बिशाल अधिकारीको जन्मदिन पारेर आयोजना गरिएको थियो । सम्पूर्ण खर्च व्यवस्थापन विदेशमा उच्च शिक्षा हासिल गरिरहेका बिशाल अधिकारीले गरेका थिए । समाज परिर्वतन गर्नुपर्छ भन्ने सोच लिएर म जहाँ भए पनि यस्ता पहलमा सधैं साथ दिनेछु अधिकारीको भनाइ थियो ।

स्थानीय युवाहरूको सहभागिता र सकारात्मक सोचले बोडगाउँमा सरसफाई अभियानले नयाँ गति लिएको छ । क्लबले आगामी दिनहरूमा अझ व्यापक कार्यक्रमहरू गर्ने जनाएको छ ।