कृष्णनगर । कृष्णनगर नगरपालिकामा आज एक कार्यक्रमबीच लेखा अधिकृत मनिष पाण्डेकाे बिदाई गरिएको छ । २०७९ साल असोज १ गतेदेखि कृष्णनगर नगरपालिकामा कार्यरत रहेका लेखा अधिकृत पाण्डेले करिब ३४ महिना सेवा गरेका छन् ।

उनको समर्पित सेवा र कार्यकुशलताको उच्च मूल्याङ्कन गर्दै नगर प्रमुख रजत प्रताप शाहले विशेष धन्यवाद ज्ञापन गर्दै सम्मान व्यक्त गरे ।

कार्यक्रममा बोल्दै बिदाई भएका पाण्डेले कृष्णनगर नगरपालिकासँगको आफ्नो सेवा यात्रालाई स्मरणीय अनुभवको रूपमा उल्लेख गरे ।

कार्यक्रमको अन्त्यमा कदरपत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाई गरिएको छ । कार्यक्रममा नगर उप–प्रमुख आरती देवी चाैधरी, प्रमुुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, वडाध्यक्षहरू, कर्मचारीहरु तथा सर्वसाधारणको उपस्थिति थियो ।