बाणगङ्गा । नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटी सदस्य तथा बाणगङ्गा–८ का सहइन्चार्ज बाबुराम अर्यालकी हजुरआमा नन्दप्रसाद अर्यालकी धर्मपत्नी झरी कुमारी अर्यालको निधनप्रति श्रद्धाञ्जली अर्पण आइतबार बाणगङ्गा–८, चप्पर गाउँमा शोकसभा सम्पन्न भएको छ।

शोकसभामा नेकपा एमाले केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला इन्चार्ज गिरधारीलाल न्यौपानेले दिवंगत झरी कुमारी अर्यालप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानको उच्च सम्मान गर्नुभयो। उहाँले झरी कुमारी अर्याललाई पार्टी निर्माण, संगठन विस्तार र जनसेवामा अतुलनीय योगदान गर्ने एक समर्पित अभिभावकको रूपमा स्मरण गर्नुभयो।उहाँले उत्पीडित जनताको सेवामा विभिन्न रूपमा योगदान गर्नुभएको थियो ।

त्यस्तै, नेकपा एमाले वडा नं.८ का अध्यक्ष दिपक सापकोटाले झरी कुमारी अर्यालको निधनले पार्टी र समाजले एक असल अभिभावक गुमाएको बताए।जन्मसँगै मृत्यु पनि सँगै आउँछ, उहाँको निधनले हामी सबै स्तब्ध भएका छौं। पार्टीले एक असल आधार गुमाएको छ,उहाँले भन्नुभयो।

शोकसभा कार्यक्रम वडा सचिव शैलेन्द्र बेलबासेले सञ्चालन गर्नुभएको थियो। उक्त शोकशभामा लुम्बिनी प्रदेश सचिवालय सदस्य चक्र अर्याल,प्रदेश सदस्य,जिल्ला सदस्य अन्य सहभागी नेता, कार्यकर्ता तथा स्थानीयहरूले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै अर्याल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका थिए। नेकपा एमाले वडा कमिटीद्वारा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।