बाणगंगा, कपिलवस्तु — लक्ष्मण सापकोटा , बाणगंगा नगरपालिका वडा नम्बर ११, ओदारीमा अवस्थित त्रिशा ब्युटी हाउस एण्ड एकेडेमीले आर्थिक वर्ष २०८१र८२ मा अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई सम्मानपूर्वक प्रमाणपत्र वितरण गरेको छ। एक भव्य तथा आत्मीय वातावरणमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सौन्दर्य तथा सिपमूलक तालिमहरू पूरा गरेका दर्जनौं विद्यार्थीहरूलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले त्रिशा एकेडेमीद्वारा सञ्चालित तालिमहरूबाट धेरै महिला तथा युवतीहरू आत्मनिर्भर बन्दै गएको उल्लेख गर्दै संस्थाको कार्यको प्रशंसा गर्नुभयो।

उहाँले भन्नुभयो, “स्थापना भएको छोटो समयमै युवाहरूको विश्वास जित्दै स्वरोजगारमुखी सीप प्रदान गरिरहेकी त्रिशा एकेडेमीले महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको छ। यस्ता संस्थाले स्थानीय स्तरमा उद्यमशीलता विकासमा टेवा पुर्‍याउनेछ।”कार्यक्रमकी विशिष्ट अतिथि, बाणगंगा वडा नं। ११ की वडा सदस्य शारदा केसीले महिलाले महिला नेतृत्वमा स्थापना गरिएको संस्था हेर्न पाउनु गौरवको कुरा भएको बताउँदै संस्थाकी संस्थापक गोमा सापकोटाको अग्रसरता र साहसको खुलेर प्रशंसा गर्नुभयो।

उहाँले भनिन्, “समाज परिवर्तन महिला सहभागिताबिना सम्भव छैन। गोमा सापकोटा जस्ता महिला उद्यमीहरूप्रति राज्य, समाज र सबैको साथ आवश्यक छ, म व्यक्तिगत तथा संस्थागत रूपमा यो यात्रामा साथ दिन प्रतिबद्ध छु।”सीप सिकाउने मात्रै होइन, स्वरोजगारको बाटो देखाउने संस्थात्रिशा ब्युटी हाउस एण्ड एकेडेमीले विभिन्न हेयर स्टाइलिङ, नेल आर्ट, केमिकल ट्रीटमेन्ट, मेकअप मास्टर क्लास लगायत आधुनिक ब्युटिसियन तालिमहरू सञ्चालन गर्दै आएको छ। यहाँ सिकाइएका सीपले विद्यार्थीहरूलाई घरमै बसेर आम्दानी गर्न सक्ने अवस्था सिर्जना भएको सहभागीहरूले बताए।संस्थाकी सञ्चालिका गोमा सापकोटाले कार्यक्रममा आफ्नो मन्तव्य दिँदै भनिन्, “महिलाहरूलाई आत्मनिर्भर बनाउने हाम्रो प्रमुख उद्देश्य हो।

हामी केवल तालिम दिँदैनौं, उनीहरूलाई बजारसँग जोड्नेसमेत प्रयास गर्छौं।”विद्यार्थीहरूका भावनाकार्यक्रममा प्रमाणपत्र पाएका विद्यार्थीहरूले पनि आफ्नो अनुभव सुनाएका थिए। तालिमले आफूहरूलाई आत्मविश्वासी र सशक्त बनाएको भन्दै धेरैले आफ्नै सैलुन सञ्चालन गर्ने योजना रहेको बताए।उद्यमशीलता र सीप विकासलाई जोडयो कार्यक्रमले मात्र प्रमाणपत्र वितरण नभई स्थानीय महिला उद्यमशीलता, सीप विकास र स्वरोजगार प्रवर्द्धनमा त्रिशा एकेडेमीको भूमिकालाई पुनः पुष्टि गरेको छ। स्थानीय सरोकारवालाहरूले पनि यस्ता संस्थाको दीर्घकालीन सफलताको कामना गर्दै निरन्तर सहयोगको प्रतिबद्धता जनाएका छन्।