बाणगङ्गा, कपिलवस्तु । बाणगङ्गा नगरपालिका–८ मा रहेको मधुबन सामुदायिक बनले आफ्नो टोल भित्रका उपभोक्ताहरू—विशेषगरी युवायुवती तथा शिक्षित वर्गलाई लक्षित गरी तीन दिने प्रस्ताव लेखन तालिम सुरु गरेको छ। सीपमूलक कार्यक्रम अन्तर्गत सञ्चालित यो तालिम २०८२ जेठ १६ गतेदेखि १८ गतेसम्म मधुबन सामुदायिक बनको कार्यालयमा सञ्चालन हुने छ।

उक्त कार्यक्रमको अध्यक्ष तथा मधुवन सामुदायिक बनका अध्यक्ष शान्त बिक्रम पौडेलले हामीले बन उपभोक्तालाई केवल वन उपयोगमा मात्र सीमित नराखी, उनीहरूको सीप विकासतर्फ पनि उन्मुख गराउने सोच लिएको बताउदै, यो तालिमले युवा पुस्तालाई व्यवहारिक ज्ञान दिन समेत मद्दत पुग्ने जानकारी दिनु भयो ।बनका उपाध्यक्ष शालिकराम भुसालले यस्ता तालिमहरू मार्फत युवाहरूले आवश्यक परियोजना प्रस्ताव तयार गर्न सिक्ने र जुन भविष्यमा रोजगार, सहयोग र परियोजना व्यवस्थापनमा उपयोगी हुने बताउनु भयो ।

उक्त कार्यक्रममा बनकी सचिव अनिता थापा, टोल अध्यक्षहरू रेखा मल्ल र इन्दु थापा, मूल समितिका सदस्यहरू साथै कपिलवस्तु एक्सप्रेसका सञ्चालक सुशील कुँवर लगायतको उपस्थिती रहेको थियो।तालिममा प्रमुख प्रशिक्षकको रूपमा सामाजिक विकास संस्थाका मिल को–अर्डिनेटर यादव भुसालले प्रशिक्षण दिनुहुने भएको छ। सहभागीहरूले प्रस्ताव लेखन सम्बन्धी आधारभूत सैद्धान्तिक ज्ञानसहित व्यवहारिक अभ्यास समेत गरेका छन्।

आयोजक संस्था तथा सहभागिहरूका अनुसार यस्ता तालिमहरूले युवाहरूको क्षमता विकास गर्दै स्थानीयस्तरमै स्वरोजगार तथा समाज परिवर्तनको ढोका खोल्ने विश्वास व्यक्त गरिएको छ।