कपिलवस्तु । अनेरास्ववियु कपिलवस्तुले आफ्नो ६१औं स्थापना दिवसको अवसरमा कपिलधाम गुरुकुलका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

कार्यक्रमका बारेमा जानकारी दिँदै अनेरास्ववियु कपिलवस्तुका अध्यक्ष निशान खड्काले सामाजिक उत्तरदायित्वअन्तर्गत यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा बाणगंगा नगर इन्चार्ज एवम् नगरप्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी अर्यालले अनेरास्ववियुले शिक्षा र संगठन निर्माणमा देखाएको सक्रियता सराहनीय रहेको बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अनेरास्ववियु लुम्बिनी प्रदेश कोषाध्यक्ष अन्जित खनालको उपस्थिति रहेको थियो। अन्य अतिथिहरूमध्ये नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य तथा विद्यार्थी विभाग इन्चार्ज सुन्दर पाण्डे, अनेरास्ववियु लुम्बिनी प्रदेश सदस्य विष्णु घिमिरे, नेकपा एमाले कपिलवस्तु सदस्य विकास आचार्य, वडा नं. ७ का अध्यक्ष विष्णु गिरी, नेकपा एमाले क्षेत्र नं. १ सदस्य ध्रुव वेल्वासे, वडा नं. ९ का अध्यक्ष कमल पौडेल, प्रेस चौतारी कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम रायमाझी लगायतको उपस्थिति थियो।

कार्यक्रम सञ्चालन अनेरास्ववियु कपिलवस्तुका सचिव पारस मरासिनीले गर्नुभएको थियो।