कपिलवस्तु । अनेरास्ववियु समयथान बहुमुखी क्याम्पसको क्याम्पस सम्मेलन आज सम्पन्न गरिएको छ । उक्त सम्मेलन बाट केशव गैरेकाे अध्यक्षतामा ४१ सदस्यीय चयन गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि सराेज पाैडलले स्थानीय र राष्ट्रिय राजनीतिमा युवाहरूको भूमिका, नेतृत्वदायी क्षमताको विकास, र संगठनको सुदृढीकरणमा जोड दिदै उनले स्थानीय स्तरमा रहेका समस्याहरूको सम्बोधन गर्दै युवाहरूलाई संगठित हुने, सशक्त हुने र नेतृत्वमा आउने प्रेरणा पनि दिए।
अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी पुर्व अध्यक्ष सुशील पाैडेलको विशिष्ट आतिथ्यता त्यसैगरी अनेरास्ववियु जिल्ला सह सचिव आश्विन के.शी. काे अतिथि लगायतको अन्य विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।