कपिलवस्तु । नेपाल आर्दश बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले बसको भाडा र चौथो वर्षको प्रयोगात्मक परीक्षामा लाग्ने शुल्क अत्यधिक भएको भन्दै अनेरास्ववियु नेपाल आदर्श बहुमुखी क्याम्प कमिटीले क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएकाे छ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ मा रहेको नेपाल आर्दश बहुमुखी क्याम्पसमा चौथो वर्षमा विभिन्न विषयमा उठाइने शुल्क वृद्धि भएको भन्दै अनेरास्ववियु क्याम्पस कमिटीले क्याम्पस प्रमुख सन्त प्रसाद भुसाललाई ज्ञापनपत्र बुझाएकाे अनेरास्ववियु कपिलवस्तु जिल्ला सह सचिव आश्विन के.शीले जानकारी दिए।उक्त ज्ञापनपत्र बुझ्दै क्याम्पस प्रमुख भुसालले विद्यार्थीको मागलाई सञ्चालक समिति मार्फत उचित ढंगले सम्बोधन गर्ने बताउनुभयो।