कपिलवस्तु । बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले वर्तमान शिक्षा नितिमा नै व्यापक परिवर्तन गर्नुपर्ने बताएका छन् । शुक्रबार सिद्धार्थ क्याम्पसको १४औं क्याम्पस सभालाई सम्बोधन गर्दै नगरप्रमुख अर्यालले वर्तमान शिक्षा निति परिवर्तन नगरि शिक्षामा गुणस्तरियता कायम गर्न नसकिने बताएका हुन् ।
उनले नगरले विगतदेखि नै यस क्याम्पसलाई गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । उनले यस क्याम्पसमा प्राविधिक धारको शिक्षा भित्राउन थप पहल गर्नुपर्ने बताए । सोका लागी आवश्यक संरचना निर्माण र समन्यव गर्न नगरपालिका तयार रहेको उनले बताए । बाणगंगा नगरपालिका यस क्षेत्रलाई गुणस्तरिय शिक्षाको हब बनाउन लागि परेको उनले बताए ।उनले सोही अनुसार नगरपालिकाले शिक्षामा लगानी समेत गरेको बताए । गुणस्तरिय शिक्षाको खोजीमा अन्यत्र धाउनुपर्ने बाध्यतालाई नगरले करिब अन्त्य गरेको उनले दाबी गरे ।