लक्ष्मणघाट बोलबम धाम बिकास समिती लक्ष्मणघाट पूर्णिामा मेलाको तयारीमा जुटेको छ ।
लक्ष्मणघाट पुर्णिामा मेला यही कार्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म बाणगंगा नगरपालिका वडा नं. ६ लक्ष्मणघाट मा.वि. को प्राङ्गणमा हुन लागेको मेला आयोजक समितिका संयोजक रण बहादुर काउचाले जानकारी दिए ।
आज बसेको भेलाले ३ सदस्यीय मेला आयोजक मुल समिती गठन गरेको छ। जस्को संयोजकमा रण बहादुर काउचा सह संयोजकमा तेज बहादुर थापा र संरक्षकमा वाणगंगा नगरपालिका वडा नं. ६ को वडा कार्यालय रहेको छ। उक्त बैठकले विभिन्न १० वटा उपसमितिका संयोजक बनाई जिम्मेवारी बाँडफाँड गरिएको हो ।
सयौं बर्ष अगाडीबाट संचालन हुदै आएको सो मेलामा कपिलवस्तु, अर्घाखाँची, प्युठान,रुपन्देही र छिमेकी मुलुक भारत बाट समेत श्रद्धालु भक्तजनहरु मेला भर्न आउने गरेको बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाअध्यक्ष करुण टण्डनले जानकारी दिनुभयो ।
मेलाका मुख्य आकर्षक पिङ, बाल उद्दान, ब्यापारिक स्टल, साथै सांस्कृतिक कार्यक्रम तर्फ स्थानीय तथा रास्ट्रीय कलाकारको बेजोड प्रस्तुती रहने सांस्कृतिक सह-संयोजक बिनोद खनालले जानकारी दिनुभयो ।
मेला आयोजक समिती संयोजक रण बहादुर काउचाले जिम्मेवारी पाएका उपसमिति संयोजकलाई आफ्नो जिम्मेवारी गम्भीरतापुर्वक पुरा गर्न र आवश्यक तयारीमा जुट्न आग्रह गरेका छन ।
त्यसैगरी मेला मा स्टल बुकिङ दर्ता कार्य पनि सुरुभएको र स्टल सिमित मात्रै रहेको स्टल संयोजक कमल प्रसाद पोख्रेल ले जानकारी दिनुभयो।