कपिलवस्तु । कपिलवस्तुमा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने गरी समय तोकिदिएको हो ।जिल्ला प्रशासन कार्यालयले परम्परागत रुपमा चलिआएको सँस्कृतिको जगेर्ना गर्दै मर्यादित तथा अनुशासित भएर देउसी भैलो खेल्न भनेको छ । बुधबार सूचना जारी गर्दै राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने बताएको हो ।
चाडपर्व मनाउने सन्दर्भमा प्रचलित कानूनको पालना गरी सामाजिक सद्भाव, एकता र सांस्कृतिक पहिचान कायम राख्न समेत प्रशासनले आग्रह गरेको छ ।सडक किनारमा खुला रुपमा बिक्रीका लागि राखिएका मिठाई एवं खाद्यवस्तुहरु खरिद नगर्नु हुन समेत सर्वसाधारणलाई आग्रह गरिएको छ । चाडवाडको समयमा म्याद गुज्रेका खाद्यवस्तु, पेय पदार्थ लगायतका गुणस्तरहिन उपभोग्यवस्तुको बिक्री वितरण हुन सक्ने अत्याधिक सम्भावना हुने हुँदा त्यस तर्फ सचेत रहने समेत भनेको छ ।
साथै मैनबत्ती र बिजुली प्रयोग गर्दा सावधानी अपनाउन पनि आग्रह गरेको छ । भुईंचम्पा, पटका, आतिसबाजी जस्ता प्रज्वलनशील तथा विष्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्न पनि रोक लगाएको छ ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता क्रियकलाप गर्न पनि बन्देज छ । यदि कसैले उल्लिखित नियमहरुको पालना नगरेमा कानुन बमोजिम कारबाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए ।कुनै व्यक्तिरसंस्थारसमूहले कुनै शंकास्पद एवं अवान्छित कृयाकलाप गर्नेरगरेको देखिएमा तत्काल नजिकको प्रहरीलाई खबर गरी सहयोग गर्न समेत प्रशासनले आग्रह गरेको छ ।